site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल २–१ ले पछि
फाइल तस्बिर ।

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्यापिम्पयनसिमा बंगलादेशविरुद्धको खेलको पहिलो हाफमा नेपाल २–१ ले पछि परेको छ । बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा ३८औँ मिनेटमा थुआइनुए मर्मा र ४५औँ मिनेटमा सौरवी अकन्डा प्राइटीले बंगलादेशलाई अग्रता दिलाइन् । 

नेपालका निम्ति पहिलो हाफको इन्जुरी समयमा कप्तान भूमिका बुढाथोकीले गोल गरिन् । खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । 

गत आइतबार बंगलादेशसँग भएको खेलमा नेपालले ३–० को हार बेहोरेको थियो । डबल राउन्ड रोबिन पद्धतिअनुसार सञ्चालित प्रतियोगितामा नौ अंक बनाएको भारत शीर्ष स्थानमा छ । ६ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । 

तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमै तीन खेल खेलिसक्दा पनि जितविहीन बनेको भुटान अंक तालिकाको पुछारमा छ । 

यिनै चार राष्ट्रमध्ये शीर्ष टोलीले प्रतियोगिताको उपाधि उचाल्नेछ । नेपालले यसपछि आगामी भदौ १३ र १५ गते क्रमशः भारत र भुटानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्