साहित्य
काठमाडौं । गीतकार नारायण खतिवडाको नवीनतम गीतिसंग्रह ‘बहार’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
मंगलबार आयोजित कार्यक्रममा सूर्य थापामगर, वसन्त बित्यासी थापा, मिलन मोक्तान, वसन्त सापकोटा, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. सनतकुमार वस्ती लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरे ।
गीतसंग्रहमा ९४ वटा गीत समावेश छन् । कृतिभित्रका गीतहरूमा सामाजिक विषय, देशप्रेम, संयोगान्त र वियोगान्त चेतनामूलकक गीतहरू रहेको गीतकार खतिवडाले जनाएका छन् ।
संग्रह साहित्यपोष्टले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ १४:०७
प्रतिक्रिया दिनुहोस्