देश
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१, गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार, विमला श्रेष्ठको नाममा दर्ता भएको विधान विधि कृषि पशुपन्छी फार्ममा आज बिहान आगलागी भएको हो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।
फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल छन् भने ६ वटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्