देश
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार (भदौ १०) बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गतेसम्मका निम्ति बिदा दिइएको बताए । त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगन गरिएको उनले जानकारी दिए ।
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्य सञ्चालन गर्न/गराउन अनुरोध गरेको छ ।
वीरगन्जमा यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ १८:१२
प्रतिक्रिया दिनुहोस्