site stats
बाह्रखरी :: Baahrakhari
देश
क्रोएसिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति क्रोएसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका–४ का ४३ वर्षीय धनबहादुर राई छन् ।

क्रोएसिया पठाइदिने भन्दै एकजनाबाट १३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । उनलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बूढानीलकण्ठ–१३ मा बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान र आवश्यक कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्