काठमाडौं । प्रथम वडास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधि काठमाडौंको बत्तीसपुतलीस्थित शाम्भवी स्कुलले जितेको छ । सोमबार (भदौ ९) शाम्भवीले छात्रा र छात्रतर्फको फाइनलमा शिक्षान्तर स्कुललाई हराउँदै उपाधि उचालेको हो ।
शाम्भवीले फाइनलमा शिक्षन्तरलाई छात्रातर्फ १–० र छात्रतर्फ ७–२ ले पराजित गर्यो । विजेता र उपविजेतालाई क्रमशः १० हजार र पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताको छात्रा र छात्रतर्फ उत्कृष्ट खेलाडी क्रमशः शाम्भवीकी रेखा थापा र विकास मुखिया चुनिए ।
गौशालास्थित आर्किट स्कुलको फुटसलमा आयोजित प्रतियोगितामा १२ विद्यालयको सहभागिता थियो । प्रतियोगिता दुई दिनसम्म चलेको थियोे ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक राष्ट्रिय युवा संघ काठमाडौं–९ कमिटीले जनाएको छ ।