काठमाडौं । ०७६ साल कात्तिकबाट निर्माण सुरु भएको नागढुंगा सुरुङ मार्ग सम्पन्नको चरणमा पुगेको छ ।
दसैंअघि नै सम्पूर्ण कार्य पूरा हुने आयोजनाले जनाएको छ । दसैंमा काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुलाई सुरुङमार्गबाटै आवतजावत गर्न सहज बनाउने तयारी गरिएको छ ।
कस्तो छ सुरुङमार्ग हेरौँ भिडियो र हाइलाइट्स–
–सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो ।
–सुरुमा ४२ महिनामा सक्ने लक्ष्य थियो । जसअनुसार ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
–आयोजनामा कोभिड तथा स्थानीयले पटक–पटक अवरोधका कारण म्याद थप भइरह्यो ।
–सुरूङमार्गबाट सिस्ने खोला पुग्न बलम्बु करिब ७ मिनेट यात्रा गर्नुपर्नेछ ।

–सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ ।
–अहिले नागढंगा सुरुङ मार्गको काम अन्तिम चरणमा छ ।
–हाल फिनिसिङका कामहरु भइरहेका छन् ।
–यसपटकको दसैंमा सुरुङमार्गबाट घर जान पाइनेछ ।
–सुरुङमार्गबाट यात्राको लागि सरकारले दस्तुर तोकिसकेको छ ।

कुन सवारीले कति शुल्क तिर्नुपर्छ ?
–कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
–मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ ।
–बस र ट्रकले काठमाडौं आउँदा २६० र जाँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।

–भारी उपकरणका बोक्ने साधन काठमाडौं आउँदा ६ सय र जाँदा २५० लाग्नेछ ।
–सुरुङमार्गबाट मोटरसाइकल, इन्धन बोक्ने सवारीसाधान चल्न निषेध गरिएको छ ।
सुरुङ मार्गको औपचारिक सञ्चालन भने २०२६ बाट हुने सडक विभागले जनाएको छ ।