site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाली कारागारका एक थुनुवाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

अत्तरिया (कैलाली) । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । उनले मृत्युको कारण भने खुल्न नसकेको बताए । 

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्