site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा विधेयकको विरोधमा विराटनगरमा निजी विद्यालय सञ्चालकको प्रदर्शन

विराटनगर । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी विद्यालय सञ्चालकले सोमबार (भदौ ९) विराटनगरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालय संगठनद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनमा प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टिकाराम पुरीसहित मोरङ र सुनसरीका पदाधिकारीको सहभागिता थियो । विराटनगरका मुख्य सडकमा विरोध र्‍याली गरिएको हो ।

उनीहरूले विधेयकमा उल्लिखित पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन्ने प्रावधान हटाउन माग गर्दै आएका छन् । माग पूरा नभए देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

उक्त विधेयकको प्रतिवेदन संघीय संसदीय समितिबाट पारित भइसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्