काठमाडौं । नेपालका निम्ति ह्युन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले आइतबार ‘एलएएक्स्पेरियन्स २०२५’ दोस्रो दिन आयोजित विशेष कार्यक्रममा विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई नयाँ ह्युन्डाई भेन्यु १.२ प्रदान गरेको हो ।
दसैँतिहारलक्षित सन् २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालित उक्त योजनामा ग्राहकले आकर्षक नगद छुटसँगै अधिकतम एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बिमा तथा एक्सचेन्ज बोनसजस्ता विशेष सुविधा प्राप्त गरेका थिए ।
ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई ज्ञापन गर्दै योजनामा सहभागी सबै ग्राहकप्रति आभार प्रकट गरेको छ ।