site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा २३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार (भदौ ८) सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० मा खरिद–बिक्री भइरहेको छ । 

शुक्रबार (भदौ ६) एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्