काठमाडौं । देशका केही साना नदीमा आज (भदौ ८) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन सिन्धुपाल्चोक, रसुवा, धादिङ र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाब उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
- वाग्मती र कर्णालीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा : तराईमा हावाहुरीको पूर्वानुमान
- २४ घण्टामा सबैभन्दा बढी वर्षा बूढानीलकण्ठमा, यी स्थानमा ‘भारी’
नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।
आइतबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।