site stats
बाह्रखरी :: Baahrakhari
देश
बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

काठमाडौं । कञ्चनपुरमा नेपाल–भारत सीमास्थित बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध गरिएको छ । महाकाली नदीमा पानीको बहाव उल्लेख्य बढेपछि पुलबाट ती सवारीसाधनको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

शनिबार (भदौ ७) बिहान करिब ९ः५० बजे भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव एक लाख १९ हजार ९३२ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । त्योसँगै पुलमा चारपांग्रे सवारी निषेध गरिएको प्रहरीले जनाएको छ ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि नेपाल–भारत जोड्ने बनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवतजावत बन्द गर्ने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्