site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जीवन बिमा

जीवन बिमा गरेको छु    
ईश्वरले खोलेको
बिमा कम्पनीमा
लम्पसार परेर 
यमराजको डरले

अंग र
शरीरको होइन
जीवनको 
यो, आज एक्कासि
जीवन बिमा गर्दा
ईश्वरको बहीखातामा
म थोरै लजाएको छु
र म थोरै
आफैँसँग घिनाएको पनि छु

म 
एउटा
अध्यात्मवादी
तर 
अनीश्वरवादी

तर मैले 
ईश्वरको बहीखाताको
बिमा कम्पनीमा
आज एक्कासि
जीवन बिमा गरेको छु
निर्लज्ज भएर
आधा बाँकी जीवनमा
यमराजको डरले
चिरञ्जीवी हुने विश्वासमा ।
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्