खेल
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्यम्पियनसिपअन्तर्गत घरेलु टोलीविरुद्धको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ ।
शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा जारी खेलको पहिलो हाफमा भुटानको निम्ति टोलीकी कुएन्डेन सोनम त्सोग्येलले ४२औँ मिनेटमा गोल गरिन् ।
आज दुवै टोली पहिलो जितको खोजीमा छन् । अंकविहीन भुटान र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अंक तालिकामा समान तीन अंक जोडे पनि भारत गोल आधारमा शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो स्थानमा छ ।
प्रतियोगिता अगष्ट ३० सम्म हुनेछ । प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतको सहभागिता छ ।
प्रतियोगिता डबल राउन्ड रोविन पद्दतिअनुसार सञ्चालित छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १८:३९
प्रतिक्रिया दिनुहोस्