देश
काठमाडौं । मकवानपुरमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसो ३:१५ बजे गरिएको मापनमा पछिल्लो एक घण्टामा मकवानपुर गढी र आसपासमा क्षेत्रमा भारी वर्षा भएको जनाएको हो ।
विभागका अनुसार, दिउँसो ३:१५ बजे मकवानपुर गढीमा पछिल्लो १ घण्टामा ७८.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
विभागले त्यस क्षेत्र भई बहने सम्रीलगायत ससाना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले काठमाडौं, नुवाकोट, नवलपरासी, जुम्ला, सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १५:५१
प्रतिक्रिया दिनुहोस्