site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राउन्ड टेबल नेपाल : २५ वर्षको यात्रामा शिक्षा, स्वास्थ्य र वातावरणमा योगदान

काठमाडौं । राउन्ड टेबल नेपालले आफ्नो २५ वर्षे यात्रामा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र आपतकालीन राहत क्षेत्रमा योगदान गरेको छ । सन् १९८९ मा चन्द्रकुमार गोल्छाको पहलमा यो संस्था स्थापना भएको हो । यो संस्था नेपालका १२ सहरमा सक्रिय छ । र, अन्तर्राष्ट्रिय रूपमा ५८ देशका ३० हजारभन्दा बढी सदस्यहरूसँग जोडिएको छ ।
 
शिक्षा क्षेत्रमा ‘फ्रिडम थर्ड एजुकेसन’ परियोजनाअन्तर्गत संस्थाले देशभर ६० भन्दा बढी विद्यालय र करिब ४०० कक्षाकोठा निर्माण गरी हजारौँ विपन्न बालबालिकालाई सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराइसकेको छ । 

पछिल्ला वर्षमा यी विद्यालयहरूलाई पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सरसफाइ र खानेपानीसहित ‘मोडेल स्कुल’मा परिणत गरिएको छ । 

‘एजुकेसन अ चाइल्ड’ अभियानमार्फत प्रत्येक वर्ष एक हजारभन्दा बढी विद्यार्थीलाई शुल्क, पोसाक, पुस्तक र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य क्षेत्रमा, राउन्ड टेबल नेपालले दशकौँदेखि रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । थालासेमियाबाट पीडित बालबालिकाका लागि दीर्घकालीन उपचारमा सहयोग पुर्‍याउँदै आएको छ ।

वातावरण संरक्षणमा ‘ग्रिनर नेपाल’ अभियानमार्फत हरेक वर्ष एक लाखभन्दा बढी वृक्षारोपण भइरहेको संस्थाले जनएको छ । 

प्रोजेक्ट केयर सगरमाथा सफाईअन्तर्गत सगरमाथा क्षेत्रमा सफाइ अभियान सञ्चालन गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्