site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
यूएईमा एकै महिना ३२ नेपालीको मृत्यु

काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । 

यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो ।
 
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना यूएईमा ३० जना नेपालीले ज्यान गुमाएका थिए ।
 
नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । 

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्