काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका निम्ति मधेस युनायटेडले नेदरल्यान्ड्सकी डानिक आर्डेमालाई भित्र्याएको छ । बिहीबार (भदौ ५) मधेसले डानिकलाई दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याइएको जनाएको छ ।
आर्डे नेदल्यान्ड्सकी शीर्ष डिभिजन तथा राष्ट्रिय च्याम्पियनसिप विजेता खेलाडी हुन् । आर्डेले सन् २०२४ मा नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।
मधेसले आर्डेको आगमनले टोलीमा रणनीति र गति लयमा आउने विश्वास व्यक्त गरेको छ । आर्डेले मधेसमा अनुबन्ध हुन पाउँदा आफू धेरै खुसी रहेको बताएकी छन् ।
मधेस युनाइटेडको मार्की प्लेयरमा निरुता ठगुन्ना छिन् । टोलीको ब्रन्ड एम्बास्डरमा मोडल तथा अभिनेत्री नीति शाह छिन् । लिगको दोस्रो संस्करण यही भदौ २० देखि २८ गतेसम्म हुनेछ ।
मधेस टिम–
निरुता ठगुन्ना, आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा विष्ट, बबिता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना ।