site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिन्धुपाल्चोकविरुद्ध राप्तीको कठिन जित

काठमाडौं । एन्फा महिला लिग छनोटमा राप्ती फुटबल क्लबले सिन्धुपाल्चोक एफसीविरुद्ध १–० को कठिन जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा राप्तीलाई जित दिलाउन मेनुकाकुमारी आले मगर निर्णायक बनिन् ।

मेनुकाले दिलाएको अग्रता अन्तिम समयसम्म रक्षा गर्दै राप्तीले जित पक्का गरेको हो । खेलको ५३औँ मिनेटमा मेनुकाले राप्तीलाई अग्रता दिलाएकी थिइन् ।

जितसँगै राप्तीले छनोटमा पहिलो जित निकालेको छ । दुई खेल खेलेको राप्ती यसअघि आर एस एन्ड बी फुटबल क्लबसँग १–० ले पराजित भएको थियो । उसले अब तेस्रो खेलमा आगामी आइतबार (भदौ ८ गते) मध्याह्न १२ः३० बजे च्यासल रंगशालामा छाहारी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित सिन्धुपाल्चोकले आगामी सोमबार (भदौ ९ गते) आर एससँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्