खेल
काठमाडौं । भुटानमा आजदेखि हुने साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार आज दिउँसो २ः४५ बजे हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छन् । प्रतियोगिताका सबै खेल डबल राउन्ड प्रणालीमा सञ्चालन हुनेछन् । शीर्ष टोलीले उपाधि उचाल्नेछ ।
नेपाली टोली मुख्यप्रशिक्षक चेतनारायण श्रेष्ठको नेतृत्वमा गत आइतबार (भदौ १ गते) भुटान गएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्