site stats
बाह्रखरी :: Baahrakhari
खेल
टस जितेर ब्याटिङमा नेपाल, रोहित प्लेइङ–११ मा नहुँदा दीपेन्द्र कप्तान
तस्बिर : क्यान ।

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलाको पाँचौँ खेलमा नेपाली राष्ट्रिय टिमले मेलबर्न रेनेगार्ड्स एकेडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । पाल्मेर्स्टोनमा हुने खेलका निम्ति भएको टस जितेर नेपाली टिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङको निर्णय लिँदै रेनेगार्ड्सलाई फिल्डिङमा निम्त्याएका हुन् ।

नेपाली टिमका मुख्यप्रशिक्षक स्टुवर्ड लले नियमित कप्तान रोहितकुमार पौडेललाई प्लेइङ–११ मा नराख्दा दीपेन्द्रले कप्तानी जिम्मेवारी पाएका हुन् । यसअघिका ओपनर आसिफ सेखले पनि आजको खेलमा स्थान बनाउन सकेनन् ।

प्रतियोगितामा नेपाल आज दोस्रो जितको खोजीमा छ । नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो । 

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।

नेपालको प्लेइङ–११
दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, गुल्सन झा, रुपेश सिंह, नन्दन यादव र साहब आलम ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्