site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, सात घाइते
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । 

स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाज भइरहेकाे बेला मंगलबार दिउँसो अचानक चट्याङ परेको थियो । चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

चट्याङ लागेर स्थानीय १२ वर्षीय वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र  चितवनको राप्ती नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

 घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्