काठमाडौं । काजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा अभिनेत्री रायमाझीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।
कजरिया रमेश टाइल्सका निर्देशक सञ्जय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र ग्राहकहरूको उपस्थितिमा नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेका हुन् ।
“दिव्याले हाम्रो ब्रान्डका मूल मूल्यहरू, युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्छिन् । उनको जोसिलो र आकर्षक व्यक्तित्व हाम्रो नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ । उनी मनोरञ्जन क्षेत्रमा अघि बढ्दैछिन् । र, उनको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वको प्रतिबद्धता झल्काउँछ,” अग्रवालले भने ।
कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरियो र आधुनिक उत्पादन प्रविधि र प्रिमियम सामग्रीमार्फत नेपालको टाइल उद्योगलाई अघि बढाउने प्रतिबद्धता गरिएको छ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरुम र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रिफाइड टाइल्स (६०X१२० सेमी, ६०X६० सेमी, १९.५X१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०X४० सेमी) र सिरामिक वाल टाइल्स (३०X६० सेमी, ३०X४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन् ।