site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वात्सल्यले ल्यायो वार्षिकोत्सवमा विशेष अफर

काठमाडौं । प्रजनन उपचारको क्षेत्रमा परिचित वात्सल्य क्लिनिकले ९औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर ल्याएको छ । वात्सल्यले यसपटक ‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ बनाउने उद्देश्यले विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत, वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीका लागि पहिलो चक्रबाट गर्भधारण हुन नसके र त्यस चक्रबाट स्वस्थ भ्रुण बाँकी रहेमा दोस्रो आईभीएफ चक्र निःशुल्क हुनेछ ।

कम्पनीले सीमित अवधिको योजना भएकाले इच्छुक दम्पतीलाई नजिकको वात्सल्य क्लिनिकमा जान आग्रह गरेको छ । थप बुझ्न ०१–५९७०६११ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । अफरको सबै जानकारी कम्पनीको वेबसाइटमा पनि हेर्न सकिने कम्पनीले जनाएको छ । 

वात्सल्यले ७० प्रतिशत बढीको आईभीएफ सफलतादर हासिल गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्