देश
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राख्न प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।
“निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राखौँ,” मन्त्री पन्तले प्रस्ताव गरे ।
आवासीय सुविधा कानुनमैभन्दा पनि त्यसलाई नियमावलीमा राख्न आग्रह गरे ।
“मन्त्रालयलाई विश्वास गर्नुस्, त्यसलाई नियमावलीमा राखेर जाउँ । संविधानकाे तीनखम्बे अर्थनीति छ,” उनले भने ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्