site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय विदेशसचिव जंगी अड्डामा, दिए स्ट्राइक सवारीसाधनदेखि घोडा उपहार

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई उपहारस्वरूप विभिन्न हल्का स्ट्राइक सवारी साधन, मेडिकल उपकरण र घोडा हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा उनले हल्का स्ट्राइक सवारी साधन, मेडिकल उपकरण र घोडा प्रधानसेनापति अशोक सिग्देललाई हस्तान्तरण गरेका हुन् ।

भारतीय विदेश सचिव मिस्रीले ६ वटा हल्का स्ट्राइक सवारी साधन, क्रिटिकल केयर मेडिकल उपकरण र पाँच सैन्य घोडा उपहारस्वरूप हस्तान्तरण गरेका हुन् ।

रक्षा सहयोग सुदृढीकरणअन्तर्गत हल्का स्ट्राइक सवारी साधन, मेडिकल उपकरण र घोडा नेपाली सेनालाई हस्तान्तरण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

“यो हस्तान्तरणले दुई सेनाबीचको घनिष्ठ सम्बन्ध र हाम्रो बलियो रक्षा सहयोगलाई प्रतिबिम्बित गर्दछ । यसले विश्वास र साझेदारीको भावनालाई मूर्तरूप दिन्छ जुन लामो समयदेखि हाम्रो स्थायी सम्बन्धको विशेषता हो,” भारतीय दूतावासले भनेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्