site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन पुलनजिकै पहिरो गएर अवरुद्ध भएको सडक केही समयअगाडि सञ्चालनमा आएको हो । 

बिहान साढे ९ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।  

सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएका दुईवटा डोजरले पहिरो हटाइएको थियो ।  

उक्त स्थानमा बिहान पनि सुक्खा पहिरो सडकमा खस्दा सडक अवरुद्ध भएको थियो ।  
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्