site stats
बाह्रखरी :: Baahrakhari
देश
उर्लियो साङ्ले खोला, घरभित्र पस्यो (भिडियोसहित)

काठमाडौं । वर्षासँगै शनिबार (साउन ३१) दिउँसो काठमाडौंका केही खोलामा बाढी आएको छ । एकैछिन ठूलो पानी पर्दा बाढी आएको हो ।

टोखा र तारकेश्वर नगरपालिकाको सीमा क्षेत्र भई बहने साङ्ले खोलामा पनि बाढी आयो । साङ्ले खोला उर्लिएर करिडोर र आसपास स्थानीयका घरमा पसेको थियो । सडकमा आवतजावत गर्न यात्रीलाई सकस भएको थियो ।

साङ्ले विष्णुमती नदीको सहायक खोला हो । शिवपुरी पहाड क्षेत्रबाट यो खोला बग्दै आउँछ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्