site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालविरुद्ध पहिलो पावर प्लेमा नर्दन टेरिटोरिले बनायो ५९ रन

काठमाडौं । अस्ट्रेलियामा आजदेखि सुरु भएको टप एन्ड टी–२० शृंखलामा नर्दन टेरिटोरिले नेपालविरुद्ध पहिलो पावर प्लेमा ५९ रन बनाएको छ । 

शुक्रबार डार्विनमा जारी खेलमा पहिलो पावर प्लेमा नेपालले दुई विकेट लिएको छ । नेपालका सन्दीप लामिछाने र रूपेश सिंहले समान एक–एक विकेट लिएका हुन् ।

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप प्रतियोगितामा सहभागिता जनाएको हो ।

आजको खेलपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगाड्र्ससँग र अगस्ट २२ मा पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्