साहित्य
काठमाडौं । साहित्यिक पत्रकार संघले स्थापनाको ५४औँ वर्ष मनाएको छ । उक्त अवसरमा संघले पाँचजनालाई सर्जकहरूलाई अभिनन्दन गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संघले साहित्यकारहरू पुष्कर लोहनी, भीम उदास, नायिका भुवन चन्द, चित्रकार मुकेश मल्ल र नृत्य निर्देशक वसन्त श्रेष्ठलाई अभिनन्दन गरेको हो । कार्यक्रममा समाजसेवी प्रवीनप्रसाद थपलियालाई पनि सम्मान प्रदान गरियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं गीतकार एस्पी कोइराला र संघका अध्यक्ष राधेश्याम लेकालीले अभिनन्दनपत्र प्रदान गरे । कोइरालाले संघले विभिन्न क्षेत्रका स्रष्टाहरूलाई प्रेरित गर्ने काम गर्दै आएको बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्