site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले कोदारी राजमार्ग अवरुद्ध : ६०० कन्टेनर सीमापारि
प्रतीकात्मक तस्बिर ।

चौतारा । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारीसाधन मात्र होइन, पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको उनले जानकारी दिए । पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको उनले गुनासो गरे ।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिनासाथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्