site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीका मेयर थापालाई १० करोड जरिवाना र आठ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई १० करोड १० लाख जरिवाना र आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मेयर थापालाई साउन २१ मा दोषी ठहर गरेको थियो ।

थापासहित तीनजनालाई सजाय तोकेको छ भने बाँकी प्रतिवादीलाई सफाइ दिइएको छ । 

थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्