site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रशिक्षकसँगको मतभेदपछि पीएसजी छाड्दै डोनारुमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का गोलकिपर जियानलुइजी डोनारुमाले क्लब छाड्ने भएका छन् ।

च्याम्पियन्स लिग विजेता पीएसजीमा पछिल्लो समय डोनारुमा र मुख्य प्रशिक्षक लुइस एनरिकेबीच मतभेद देखिएको छ । मतभेदका कारण डोनारुमाले पीएसजी छाड्न लागेका हुन् ।

प्रशिक्षक रुष्ट बन्दा डोनारुमाले बुधबार राति सुपर कपको फाइनलमा पनि टिममा स्थान बनाउन सकेनन् । “दुर्भाग्यवश, कसैले म हाम्रो टिममा हुन नपाउने निर्णय गरेका छन् । म निराश छु,” प्रशिक्षकसँगको मतभेदबारे डोनारुमाले भने ।

डोनारुमाको नयाँ क्लबबारे हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । गत सिजन पीएसजीले क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्दा डोनारुमा टिमका महत्त्वपूर्ण सदस्य थिए ।

पीएसजीले गएको जुनदेखि जुलाईसम्म अमेरिकामा आयोजित क्लब विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा पनि क्लबको गोलपोस्ट डोनारुमाले नै सम्हालेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्