site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपतिमा शवको हड्डी र खरानी किनेको आरोपमा दुईजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको थियो ।

ठाकुर र यादवलाई कपन र गोसीघाटबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराले जानकारी दिए । पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो र खरानी बरामद गरिएको छ ।

पक्राउ परेका चारैजनाविरुद्ध गौशाला प्रहरीले अभद्र तथा अर्काको धार्मिक आस्थामा असर गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्