काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) नेपालले आफ्नो विश्वप्रसिद्ध ट्यांक ब्रान्ड नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित पहिलो ‘मोबिलिटी एक्सपो २०२५’ मा यो गाडी सार्वजनिक गरेको हो ।
अफ–रोड क्षमतासँगै प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिको संयोजन रहेको यो शृंखलामा कम्पनीले पहिलो चरणमा लक्जरी सातसिटे ट्यांक५०० र दमदार पाँचसिटे ट्यांक ३०० नेपाली बजारमा ल्याएको छ ।
सन् २०२२ मा चीनमा लन्चपछि इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता प्रमुख बजारमा लोकप्रिय भइसकेको ट्यांक शृंखलाले हालसम्म करिब चार लाख युनिट बिक्री गरिसकेको बताइएको छ ।
विशेषता
ट्यांक ३०० एचईभी : यसमा २.० लिटर टर्बो पेट्रोल एचईभी इन्जिन, ३५१ पीएस पावर, ६४८ एनएम टर्क छ । मूल्य एक करोड ५९ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
ट्यांक ३०० पीएचईभी ५०० : यो गाडीमा २.० लिटर टर्बो पेट्रोल पीएचईभी इन्जिन, ४०८ पीएस पावर, ७५० एनएम टर्क छ । गाडीको मूल्य दुई करोड १५ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
दुवै मोडेलमा ९–स्पिड अटोमेटिक ट्रान्समिसन र अत्याधुनिक अफ–रोड क्षमता भएको बताइएको छ ।
जीडब्ल्यूएमका अनुसार, यी गाडीहरू सहरका सडकदेखि हिमालसम्मको कठिन भूभागमा सजिलै सञ्चालन गर्न सकिने जनाइएको छ ।