site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बित्थडचिर गाउँपालिका–१, पैरामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार (साउन २९) बिहान करिब ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्