site stats
बाह्रखरी :: Baahrakhari
देश
चक्रे मिलनलाई ज्यान मार्ने उद्योगमा भक्तपुर पठाउने

काठमाडौं । काठमाडौं प्रहरीले गुन्डागर्दीको आरोपमा पक्राउ परेका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई भक्तपुर पठाउने भएको छ । चक्रे मिलनलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि आजै भक्तपुर पठाउन लागिएको हो । 

२०८१ भदौ १० मा मनीष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा उनी जोडिएको खुलेपछि उनलाई आज नै भक्तपुर प्रहरी बुझाउने तयारी भएको हो । 

भक्तपुरमा घटना उनी जोडिएको खुलेपछि पठाउन लागिएको काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए ।

यसअघि अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले आजै ३० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्