site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन दिनदेखि ओरालो गतिमा नेप्से, दैनिक घट्दै कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक तीन दिनदेखि लगातार ओरालो यात्रामा छ । नेप्से परिसूचक सोमबारदेखि नै ओरालो लागेको हो । 

पछिल्लो तीन कारोबार दिनमा बजार ६४.६३ अंकले घटेको छ । गत साताको बिहीबार बजार १८.३० अंकले बढेको थियो । तर, सोमबार बजार २७.९०, मंगलबार २६.२२ र बुधबार (आज) बजार १०.५० अंकले घटेको छ ।

यसदिन नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेर २७८५.७४ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम पनि घटेको छ । ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । सोमबार १० अर्ब २१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

८९ कम्पनीको सेयरमूल्य बढेको छ । १५९ कम्पनीको सेयरमूल्य घटेको छ । युनिलिभर नेपालको सेयरमूल्य स्थिर छ । यो कम्पनीको सेयरमूल्य प्रतिकत्ता ४७ हजार रुपैयाँ कायम छ ।

माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४६१ रुपैयाँ १३ पैसा कायम भएको छ । बलेफी हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।

विकास बैंक समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स ०.०४, म्युचुअल फन्ड ०.१७ र ‘अन्य’ समूहको परिसूचक ०.०३ प्रतिशतले बढेको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्