site stats
बाह्रखरी :: Baahrakhari
खेल
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडर

काठमाडौं । म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ । साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् । उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडीलाई पनि बाटो खुल्ने आशा राखेका छन् । 

इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए । निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका लागि बाटो खुल्ने आशा व्यक्त गरे । 

साम्बाले म्याक्सिम्याक्सको प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ । नेपाल एपीएफ क्लबबाट खेल सुरु गरेकी साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छन् । सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउँदा उनले १० खेलमा ३१ गोल गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २२:४३
प्रतिक्रिया दिनुहोस्