काठमाडौं । देशको दुर्गम क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न दुई वर्षका निम्ति सरकारले ९७ हिमालमा निःशुल्क आरोहणको अनुमति दिने भएको छ ।
यो निर्णय विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति अनुमति शुल्क १५ हजार अमेरिकी डलर पुर्याउन लागिएपछि गरिएको हो । यो झन्डै एक दशकपछि पहिलो शुल्क वृद्धि हो ।
पर्यटन विभागले यो पहलले देशका यसअघि अन्वेषण नगरिएका पर्यटकीय उत्पादन र गन्तव्यलाई उजागर गर्ने अपेक्षा गरेको छ ।
हिमाल आरोहण नेपालका निम्ति महत्त्वपूर्ण आम्दानीको स्रोत हो । यहाँ विश्वका १० अग्ला हिमाल छन् ।
गत वर्ष आरोहण शुल्कबाट ५.९ मिलियन डलर आम्दानी भएको थियो । त्यसमा सगरमाथाको हिस्सा तीन चौथाइभन्दा बढी थियो ।
यी ९७ दुर्गम हिमालमा भने आरोहीको रुचि कम छ । पछिल्लो दुई वर्षमा केवल ६८ जनाले तिनको आरोहण गरेका छन् ।
सन् २०२४ मा सगरमाथाका निम्ति मात्र ४२१ आरोहण अनुमति जारी गरिएको थियो । बीबीसीबाट ।