site stats
बाह्रखरी :: Baahrakhari
देश
बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने
फाइल तस्बिर ।

काठमाडौं । पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ । 

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए ।

रघुगंगा गाउँपालिका–२, बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ । 

बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ । 

sawari-1754919428.jpg
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्