site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सांसदले भने– वैकल्पिक विकास वित्त कोषमा सीईओलाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ
तस्बिर : रासस ।

काठमाडौं । वैकल्पिक विकास वित्त कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नै शक्तिशाली बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । सोमबार (साउन २६) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सीईओलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । हालको अभ्यासभन्दा फरक संरचना बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

सीईओलाई मन्त्रीसरह अधिकार दिएर कोष स्थापना गर्न उपयुक्त हुने डा. वाग्लेले बताए ।

विधेयकमा अर्थसचिव अध्यक्ष हुने प्रस्ताव गरिएको छ ।

पुनले पनि कर्मचारीलाई धेरै जिम्मेवारी दिएर ‘प्रेसर’मा पार्न नहुने बताए ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्