site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेलधुरामा तास खेलिरहेका पाँचजना समातिए

काठमाडौं । डडेलधुरामा तास खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ का ३८ वर्षीय मानबहादुर साउदसहितका व्यक्तिहरू छन् ।

अमरगढी–१, स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (साउन २५) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३७ हजार ७८५ रुपैयाँ र २०८ पत्ता ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्