site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ल्यान्ड रोभरपछि टाटा मोटर्सले साढे चार अर्ब डलरमा ईभेको खरिद गर्ने

एजेन्सी । भारतको टाटा मोटर्स लिमिटेडले इटालियन ट्रक निर्माता कम्पनी ईभेकोलाई खरिद गर्ने भएको छ । ईभेकोको प्रमुख सेयरधारक एग्नेली परिवारबाट चार अर्ब ५० करोड डलरमा किन्ने भएको हो ।  टाटा समूहको दोस्रो ठूलो अधिग्रहणका साथै अटोमोबाइल प्रमुखको लागि अहिलेसम्मकै ठूलो स्वामित्व खरिद बिक्री हुनेछ । 

कम्पनीको स्वामित्व खरिद बिक्रीको औपचारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । सन् २००८ मा टाटा मोटर्सले जगुआर ल्यान्ड रोभरलाई दुई अर्ब ३० करोड डलरमा किनेको थियो । टाटा मोटर्स र इभेकोको बोर्डले बुधबार स्वामित्व खरिदबिक्रीको निर्णयलाई अनुमोदन गर्न बैठक गर्दैछन् । 

ईभेकोले टाटासँगको स्वामित्व किनबेच वार्ता उन्नत चरणमा पुगेको खुलाएको छ ।  आफ्नो रक्षा व्यवसाय र कम्पनीको बाँकी भाग सम्बन्धी दुई छुट्टाछुट्टै लेनदेनको लागि विभिन्न पक्षहरूसँग निरन्तर वार्ता भइरहेको बताएको छ । 

कम्पनीको सञ्चालक समितिले यी सम्भावित लेनदेनका सबै पक्षहरूको सावधानीपूर्वक समीक्षा र मूल्याँकन गर्ने प्रक्रिया रहेको जनाएको छ ।

टाटा मोटर्सले एग्नेली परिवारको लगानी कम्पनी एक्सोरबाट २७.१ प्रतिशत हिस्सा खरिद गर्नेछ र अन्य साना सेयरधारक समूहहरू किन्न टेन्डर अफर सुरु गर्नेछ । एक्सोरले ट्रक निर्माताको ४३.१ प्रतिशत मतदान अधिकार पनि नियन्त्रण गर्दछ ।

इभेकोले आफ्नो रक्षा व्यवसायलाई अलग गर्दैछ तर पनि जुन टाटा मोटर्सको कारोबारको हिस्सा हुने छैन ।  टाटा समूह रक्षा व्यवसाय बाहेक ईभेकोको शतप्रतिशत सेयर खरिद गर्ने कुरामा विश्वस्त रहेको समाचारमा जनाइएको छ ।

इटालियन कम्पनीले गत मे महिनामा यो वर्षको अन्त्यसम्ममा आफ्नो रक्षा व्यवसायलाई बन्द गर्ने वा बेच्ने योजना बनाएर अगाडि बढ्ने घोषणा गरेको थियो । रक्षा व्यवसायका लागि सम्भावित खरिदकर्ताहरुबाट पहिले नै प्रस्तावहरू प्राप्त भइसकेका छन् । 

स्वामित्व खरिद बिक्रीको हल्ला चलेपछि मंगलबार ईभेकोको सेयर ७.४५ सम्म बढेको थियो ।  यसवर्ष स्टक दोब्बर भन्दा बढी भएको छ, जसले कम्पनीको मूल्य छ अर्ब १५ करोड डलर पुगेको छ ।

विगतका साझेदारीहरू

एक्सोर र ईभेकोको बोर्ड टाटालाई स्वामित्व बिक्रीको पक्षमा रहेको विश्वास गरिन्छ ।  किनकि एग्नेलिस समूहको पुरानो सहयोगी र यसका पूर्वअध्यक्ष रतन टाटा जो आफैं मोटरहेड थिए । टाटाको भारतमा एग्नेलिस परिवारको प्रमुख फियाट मोटर्ससँग पनि पुरानो संयुक्त उद्यम थियो । 

मोर्गन स्टेनलीले टाटा मोटर्सलाई सल्लाह दिइरहेको छ भने गोल्डम्यान स्याक्सले एग्नेलिस र इभेकोसँग काम गरिरहेको छ । “डेढ महिनादेखि छलफल जारी छ र पछिल्ला सातामा तीव्र भएको छ” स्रोतले भन्यो “दुबै पक्षले द्विपक्षीय वार्ताको लागि एक्सक्लुजिभिटी सम्झौतामा प्रवेश गरेका छन् । एक्सक्लुजिभिटी अगस्ट १ मा समाप्त हुनेछ ।” 

टाटा मोटर्सले यो कारोबार डच संस्थामार्फत गर्ने योजना बनाएको छ, जुन पूर्ण रूपमा टाटा मोटर्सको स्वामित्वमा हुनेछ । 

भोल्भो, डेमलर र ट्राटनको वर्चस्व रहेको बजारमा इभेको ठूला युरोपेली ट्रक निर्माताहरूमध्ये सबैभन्दा सानो हो र यसलाई सधैं अधिग्रहण लक्ष्यको रूपमा हेरिएको छ । तर, संवेदनशील रक्षा व्यवसायले यसलाई इटालियन सरकारको लागि रणनीतिक अपरेशन बनायो । २०२१ मा सरकारले चिनियाँ प्रतिद्वन्द्वी एफएडब्ल्युको प्रस्तावलाई रोकेको थियो । त्यस समयमा एग्नेलिसले आफ्नो औद्योगिक समूहमार्फत इभेकोलाई नियन्त्रण गरेको थियो । पछि यसलाई २०२२ को सुरुमा अलग्गै सूचीबद्ध गरिएको थियो । 

त्यस्तै गरी टाटाको लागि यसले प्रविधि, नवीनता र सीभी व्यवसायको लागि बजारमा पहुँच दिनेछ जुन पछाडि परेको छ । इभेको ल्याटिन अमेरिका, उत्तरी अमेरिकाभरि अवस्थित छ । यद्यपि युरोपले यसको आम्दानीको ७४ प्रतिशत योगदान गर्दछ।

२००४ मा टाटाले दुई अर्ब ४६ करोड करोड भारुमा टाटा देवूलाई अधिग्रहण गरेको थियो । आर्थिक वर्ष २०२५ मा त्यो युनिटले ५३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

सफल अधिग्रहणले व्यावसायिक सवारी साधनको राजस्व सात खर्ब ५० अर्ब भारुबाट लगभग तीन गुणा बढाउन सक्छ । तर, मार्जिन चिन्ताको विषय बनेको छ । विश्लेषणअनुसार टाटाको इबिट मार्जिन ९.१ प्रतिशत छ । जबकि इभेकोको समायोजित व्यावसायिक सवारी मार्जिन ५.६ प्रतिशत आसपासमा रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्