site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनजना सवार कारलाई जनकपुरमा रेलको ठक्कर

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोकनजिक आइतबार (साउन २५) बिहान रेल र कार एकापसमा ठोक्किएका छन् । वाग्मती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।

दुर्घटना रेलमार्गनजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीनजना सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको छ । कारमा भने ठूलो क्षति पुगेको छ ।

दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । रासस
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्