site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल अक्सन : यी हुन् हालसम्म बिक्री भएका ११ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म ११ खेलाडी बिक्री भएका छन् । शनिबार (साउन २४) ललितपुरको रोयल टुलिपमा जारी अक्सनबाट हालसम्म ११ खेलाडीलाई प्रतियोगिताका फ्रेन्चाइज टोलीहरूले अनुबन्ध गरेका हुन् ।

यति बेलासम्म सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र विराटनगर किंग्सले समान दुई खेलाडी अनुबन्ध गरेका छन् । जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले समान एक खेलाडी अनुबन्ध गरेका छन् ।

देव खनाललाई चितवन राइनोजले, दिलीप नाथलाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किंग्सले, अर्जुन साउदलाई चितवन राइनोजले, टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले, साहिल पटेललाई विराटनगर किंग्सले, उत्तम थापालाई काठमाडौं गोर्खाजले, सचिन भट्टलाई जनकपुर बोल्ट्सले, पवन सर्राफलाई कर्णाली याक्सले, अभिषेक तिवारीलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ ।

अक्सनमा कुल तीन क्याटागोरीमा १६४ खेलाडी छन् । क्याटागोरी ‘ए’मा नौ, ‘बी’मा ३७ र ‘सी’मा ११८ जना छन् ।

क्यानले यसअघि अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । शनिबार १४ खेलाडी थपिएका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्