खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ ।
शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । लक्की ‘ड्र’ हुँदा सुदूरपश्चिम भाग्यमानी बनेको हो ।
दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्