site stats
बाह्रखरी :: Baahrakhari
देश
८१ वर्षीया आमाको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुममा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालीगुराँस नगरपालिका–३, मुसाङखेलका ४५ वर्षीय होमबहादुर खड्का छन् ।

आफ्नै आमा ८१ वर्षीया गंगामायाको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (साउन २३) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

होमबहादुरले लट्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । उनलाई पक्राउ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्