खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति अक्सन सुरु गरिएको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा अक्सन थालिएको हो । प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन् ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो नोभेम्बरमा आयोजना गर्ने गरी यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म यकिन मिति सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १५:५७
प्रतिक्रिया दिनुहोस्